Ad Code

Responsive Advertisement

 नेपालको अमिलो जातको फलफूल भनेर चिनिने एक फल हो जुनार । अनि जुनारका लागि प्रसिद्ध जिल्ला भनेर चिनिने जिल्लामध्ये रामेछाप पनि एक हो। लोक सेवामा पनि वस्तुगत प्रश्न सोधिने गरिन्थ्यो, जुनारको जिल्ला भनी कुन कुन जिल्लालाई चिनिन्छ भनेर ? यस्तो प्रश्न आउँदै गर्दा यसको उत्तर कति परिक्षार्थीहरुले सही मिलाउँथे वा मिलाउँदैनथे त्यो त परीक्षार्थी कि उत्तरपुस्तिका परीक्षकलाई थाहा  हुन्थ्यो होला । 

रामेछाप जिल्लाकोभलुवाजोरका जुनारका पिता भनेर चिनेन जुन व्यक्ति हुन् स्व. ज्ञान्द्रबहादुर थापा ।  उनलाई राष्ट्रले सम्मान गर्न सकेन तर रामेछापले भने सम्मान गरेको इतिहास बिर्सन हुँदैन । रामेछाप जिल्लाका १ दर्जनभन्दा बढी वडाहरुमा जुनार खेती गर्ने उर्वर भूमि माटो रहेको छ । ०६२/०६३ सम्म जुनारको मूल्य पनि थिएन । त्यतिकै बोटमा बग्रेल्ती कुहिएर जान्थे। कति पाहुनापाछा अनि रामेछापको विहिवारे र मन्थलीको सोमवारे हाटमा कृषकहरुले डोको बोकेर सुका, मोहोर दाना बिक्री गरेको इतिहास ताजै छ ।


जब नेपाल सरकार र निजी क्षेत्र नेपाल उद्योग वाणिज्य महासङ्घ कृषि उद्यम केन्द्रले पिपिपी (थ्री पी) को अवधारण लागू गयो त्यसपछि रामेछाप जिल्लामा एक गाउँ एक उत्पादन अन्तर्गत जुनार खेतीलाई विशेष जोड दिइयो। यहि कर्ममा  तत्लिन छन

मन्थली नगरपालिका -६ की रमा कुमारी थापा ।उनीले केही वर्ष अघि श्रीमान बिरामी हुदा बिरामी श्रीमानको उपचार गर्न र १ छोरा र २ छोरीको स्याहार सुसारमा निकै कठिनाइ भोग्नु पर्‍यो । पढ्ने उमेरका छोराछ‍ाेरीहरूलाई पठाउन नसक्ने हो की भन्ने चिन्ताले उनलाई पिरोल्न थाल्यो । श्रीमान बिरामी भइसकेपछि छोराछोरीहरू पढाउने मात्र नभई घर व्यवहार सबै चलाउने उनकै काँधमा आइपर्‍यो ।छोरीलाई पढाउनु हुदैेन भन्ने समाजमा हुर्किएकी उनी स्कुल जान पाइनन् । जसले गर्दा शैक्षिक योग्यताको हिसाबले उनी प्रौढ पढी साक्षर मात्र छिन् । पहिला चुला चौकामा मात्र सीमित भइयो । तर श्रीमान बिरामी भएपछि त मलाई धेरै समस्या भयो।उनले ती तिता दिन सम्झँदै भनिन्,पहिलादेखि घरबाहिर हिड्डुल गर्ने मौका पाएको भए ,त्यतिखेर सहज हुन्थ्यो होला तर घर भित्रको काममा मात्र सीमित भएर एक्कासि सबै काम मैमाथि थपिँदाको त्यो क्षण अनि घरपरिवारमा बुहार्तनको पिडा अहिले म सम्झन पनि चाहन्न ।उनलाई  श्रीमानको उपचार खर्च, तेल, नुन चामल,साबुन, छोराछोरीहरूको पढाइ खर्च चलाउन निकै समस्या भयो । हातमा पैसा नहुँदा सानातिना समस्याले पटक–पटक रुवाएको उनी सम्झन्छिन् । त्यसपछि उनले काठमान्डाैंबाट आफ्नै गाउ फर्केर १०हजार रुपैयाँ ऋण काढेर ब्यबसायिक खेति सुरु गरिन् । खेतिपाति सम्बन्धी उनलाई खासै ज्ञान नभएका कारण भनेजस्तो आम्दानी गर्न सकिनन् । त्यसपछि  केहि मात्रामा ज्ञान बढदै गएपछि आम्दानी बढदै गयो श्रीमानलाई उपचार लगाउन सके ,छोराछोरीलाई पनि पढाउन सके,घरखर्च धाने,सबैभन्दा ठूलो कुरा त श्रीमानलाई बचाएर उपचार गर्दा लागेको ऋण तिर्न सके उनी खुशि हुदै भन्छिन ।छरिएर रहेका व्यक्तिगत पुँजी, विभिन्न बैंक तथा वितिय संस्था मार्फत सहुलियतपूर्ण ,कृषि कर्जा र सरकारी  तथा गैरसरकारी कृषि अनुदान तथा सहयोग मार्फत कृषि लगानी जुटाई उन्नत , आधुनिक  र  व्यवसायिक कृषि सम्बन्धी विविध कृषि उद्यम संचालन गरि गाउँ छाडी सहर पसेका र श्रम बेच्न विदेशिएका युवाहरुलाई समेत आकर्षण गरि उजाडिएको गाउँ बाझिएको जमिनको सहि सदुपयोग गर्दै देशलाई कृषिमा आत्मा निर्भर बनाई देश बिकास र अर्थतन्त्रमा टेवा पुर्याउने र आर्थिक सम्बृधि हाँसिल गर्ने |उन्नत आधुनिक र व्यवसायिक कृषि सम्बन्धि बिभिन्न अध्ययन , अनुसन्धान र परामर्श गर्ने |

जैविक तथा आर्गानिक तरकारी , मसला  , कफी , फलफुल जडिबुटी , खाद्यन्न आदिको उत्पादन , प्रशोधन , प्यकिंग तथा बिक्रि बितरण गर्ने |

तरकारी  तथा फलफूलहरु उत्पादन , प्रशोधन तथा बिक्रि बितरण गर्ने |उन्नत तथा रैथाने जातका तरकारी , फलफुल , खाद्य पदार्थ आदि जस्ता कृषि जन्य वस्तु कृषि उपज देश भित्र वा बाहिर आयात निर्यात गर्ने |कृषि सचेतना सम्बन्धि विभिन्न कार्यक्रम ,कृषि प्रयोगशाला , तालिम , गोष्ठी  आदि संचालन गर्ने |आधुनिक कृषि प्रबिधि हस्तान्तरणक लागि कृषि पर्यटन र फार्मस्टेको  विकास गर्ने |कृषि जन्य उपभोग्य वस्तुको सुपथ मूल्य थोक तथा खुद मूल्य व्यापार सम्बन्धि कार्य गर्ने |कृषि योग्य जग्गा विकास , कृषि पूर्वाधार बिकास घास बिकास , घास खेति , नमुना खोर विकास गर्ने |पशुपंक्षीको आहारा , पोषण , दाना ,घास , मलबिउ, बिजन आदिको उत्पादन , भण्डारण र बिक्रि बितरण गर्ने अन्य  कृषक लाई सहयोग गर्ने जस्ता आगामी योजना रहेको सुनाईन।

हामी केही गर्न चाहन्छौँ तर घरपरिवारको कामले व्यस्त हुनाले धेरै अवसरको सदुपयोग गर्न सकेका छैनौँ । सरकारले पनि महिला भनेर सहज रूपमा सहयोग गर्दैन । यसैले हामी योभन्दा माथि जान सकेका छैनौँ ।अतः सबैले नेपाल कृषि प्रधान देश भन्दै भाषण गर्छन् तर ठोस कार्यक्रम नल्याएको उनले गुनासो गरिन् ।राज्यले गाउँघरमा कृषिमाआधुनिकीकरणमा जोड दिने हो भने नेपाल खाद्यान्नमा आत्मनिर्भर बन्न धेरै समय लाग्दैन ।यसका लागि राज्यले ठोस नीति ल्याउनु आवश्यक छ । राज्यले पलायन हुने युवालाई देशमै व्यवसाय गरी बस्न सक्ने ठोस पहल गर्नुपर्छ । राज्यले कृषिमा सहुलियत, किसानलाई तालिमको व्यवस्था गर्ने हो भने नेपाल आर्थिक समृद्धिको बाटोमा हिँड्ने छ । यसका लागि घोषणा पत्रमा होइन राज्यसञ्चाल गर्ने दलहरूले व्यवहारमा ल्याउन आवश्यक रहेको उनी बताउँछिन् ।

महिलालाई आधुनिक कृषि प्रणाली र अन्य व्यापार व्यवसायका लागि थप उत्साह र लगानी गर्न आवश्यक छ । गाउँ गाउँमा जागरूक भएका महिलाहरूलाई राज्यले अलिकति पहल गर्ने हो भने दूर दराजका गाउँ बस्ती आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्ने छन् ।राज्यले सम्पूर्ण कृषकलाई साथ सहयोग दिएमा आगामी दिनमा कृषिमा देशको भविस्य राम्राे हुने उनले बताइन ।हामी महिलाहरु पनि अब नेपालमा हरेक आ-आफ्नो क्षेत्रमा केही गर्नुपर्छ अनि मात्र साथमा-साथ हाम्रो जीवनस्तर राम्रो हुन्छ।  सामाजिक रुपमा पनि हाम्रो स्तर राम्रो हुँदा समाजले हेर्ने दृष्टिकोण पनि आफै परिवर्तन हुन्छ,उनले भनिन। महिलाहरुले उत्पादनमूलक काम गर्न सक्छौ,हामिले उदाहरणीय बनेर देखाउन सक्नुपर्छ,जसको लागी आजैबाट सुरुवात गर्न उनले सुझाव दिएकी छन।अनावश्यक अरुको कुरा गरेर बस्नु भन्दा काममा व्यस्त हुँदा धसमय गएको पनि थाहा नहुने अर्कोतिर आर्थिक लाभ हुने उनकाे भनाइ छ ।अझै उजाडीएको गाउँ , बझिएको जमिन , विदेशिएका र सहर पसेका युवाहरुलाई गाउँ फर्क  अभियान , रेमिटान्सले थेगेको अर्थतन्त्र ,अस्वस्थ्य कर  ,कृषि उपज , कृषिमा परनिर्भरता , बढ्दो व्यापार घाटा , सरकारको अनुदान र उत्प्रेरणा आदिका कारणले आफ्नै जन्मभूमिको माटोमा केहि गराैं भन्ने भावनालेअझै धेरै भन्दा धेरै दिदिबहिनीहरुलाई पशु तथा कृषिमा जोड्ने र उद्यमी बनाउने मेरो चाहना छ।

Post a Comment

0 Comments