Ad Code

Responsive Advertisement

जीवन कसरी सरल बनाउने ।

 जीवनका सरल फर्मुलाहरु:

१. आफ्नो खर्च सक्दो कम राख्ने, खर्च भन्दा बढी कमाई बनाउने। 

२. कमाई भन्दा बढी सिकाईमा ध्यान दिने। 

३. मान्छेको राम्रोपनमा विश्वास गर्ने, तर आँखा चिम्लेर मूर्ख नहुने। 

४. सुस्त सुस्त आँट र पाईला बढाउँदै जाने।

५. पहिला सीप बढाउने, अनि बल्ल आँट।

६. नयाँ कुरा ट्राई गर्न नडराउने, तर खाल्डोमा जाकिने गरि रिस्क नलिने। 

७. असल पार्टनर बनाउँदै जाने। 

८. ईमानदार, वचनको पक्का मान्छे चिनेपछि साथ नछोड्ने। 

९. टीम बनाउँदै जाने, टीममा काम गर्दै जाने।

१०. ईमान नभएको मान्छे चिनेपछि दोस्रो मौका कहिल्यै नदिने।

११. अनुशासन र ईमान नभएको मान्छे नबन्ने। 

१२. अनुशासन र ईमान नभएका मान्छेको संगत नगर्ने। 

१३. परिवारसँग रमाउने, साथीसँग काम गर्ने, र समाजमा इज्जत जोगाउने। परिवारसँग काम मात्रै, साथीसँग रमाउने मात्र भयो भने डुबिन्छ।



Post a Comment

0 Comments